आजको खेलमा मोन्टी देसाइले ५ खेलाडीलाई बेन्चमा राखे, क-कसले पाए अवसर ?


काठमाण्ड-  वेस्ट इन्डिज ‘ए’ सँगको टी २० सिरिजको दोस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आजको खेलमा पाँच खेलाडी परिवर्तन गरेका छन्। अघिल्लो खेलमा टोलीमा रहेका प्रतिश जिसी, अविनास बोहोरा, विवेक यादव, कमल सिंह ऐरि र ललित राजवंशी आजको खेलमा बेन्चमा छन्।

उनीहरुको स्थानमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल सुरुवाती ११ मा अटाएका छन्। जसअनुसार नेपाली टीममा लोकेश बम, अनिलकुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द्र, कुशल भुर्तेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement