नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य


काठमाण्डु- टी-२० खेलमा वेस्टइन्डिज ए ले नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएकाे हाे । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

प्रतिक्रिया दिनुहोस
Advertisement