ओप्स खेलकुदमा हिमरश्मीको बिजयी सुरुवात


काठमाडौं– साबिक हिमरश्मी स्कुलले ओप्स खेलकुद महोत्सव अन्तर्गत फुटबलमा बिजयी शुरुवात गरेका छ । मंगलबार भएको खेलमा पहिलो खेलमा हिमरश्मीले चिल्ड्रन हेराल एकेडेमी(सिएचए)लाई २–० गोलले स्तब्ध बनायो । हिमरश्मीको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रसान्त मिर्जाले दुवै गोल गरेका थिए ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा गोलढु¨ा रंगशालामा भएको अन्य खेलमा फेरील्याण्डले लालिगुराँस,न्युटनले पुष्पकुञ्ज,प्रगतिले ज्ञानमन्दिर तथा मनास्लुले मस्याङदीलाई समान १–० गोलले हराए । फेरील्याण्डका पुरुषोत्तम थापा,न्युटनका रमन सिलवाल,प्रगतिका पियुष गुरुङ र मनास्लुका कौशलले उत्कृष्ट प्रदर्शन गदै एक मात्र निर्णायक गोल गरेका थिए ।

उद्घाटन खेलमा सृजना ज्ञानसागर र कौशल स्कुलले १–१ को बराबरी खेल्दा सृजनाका लागि नविन तामाङ तथा कौशलका लागि बिद्धन लामाले गोल गरेका थिए ।

त्यस्तै एन्जल्सर्हाट र बिभुति तथा सेब र मञ्जरीबीचको खेल भने गोल रहित बराबरीमा समाप्त भएको थियो । लिगकम नकाउटका आधारमा संचालन भएको छात्र फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महोत्सब अन्तर्गत फुटबल माघ १३ सम्म चल्ने छ । ओप्स खेलकुद महोत्सव अन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल, कौशल स्कुलले एथलेटिक्स, लालिगुरासले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेब स्कुलले भलिबल खेल सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement