बीबीएलको ड्राफ्टमा परेका सुवास खकुरेलकाे देश क्यानडा देखाएपछि…


काठमाण्डु- नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी सुवास खकुरेल अस्ट्रेलियामा हुने १२ औँ संस्करणको फ्रेन्चाइज क्रिकेट बिग ब्यास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।

बीबीएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टको सूचीमा खकुरेल अटाए तर, क्यानेडियन खेलाडीको रुपमा । बिबिएलको ड्राफ्टमा सुवाससहित १६९ विदेशी खेलाडी समावेश छन्। यी खेलाडी विभिन्न १३ देशका छन्। तर, सुवासको नाम भने क्यानेडियन खेलाडीको रुपमा भएको हो ।

सुवासकाअनुसार ड्राफ्टमा नेपाल क्रिकेट संघ (क्यान)को छोटकरी रुप क्यानाडासँग मिल्न गएको कारण गल्तीले उनको देश क्यानाडा लेखिएको हो । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो’ सुबासले भने, ‘खेल्न त म नेपालबाटै खेल्छु नी ।’

सिजन २०२२-२३ को बिबिएलको ‘ड्राफ्ट’मा नेपालका कप्तान सन्दीप लामिछाने पनि छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement