स्विट्जरल्यान्डको विजयी सुरूआत


काठमाण्डु – कतारमा जारी फिफा विश्वकपमा स्विट्जरल्यान्डले विजयी सुरूआत गरेको छ । अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे । एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए।

यस जितसँगै समूह जीमा रहेको स्विट्जरल्यान्ड ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement