स्पट फिक्सिङ आरोपमा आदिलसहित पाँँच जनाविरुद्ध मुद्दा दर्ता


काठमाण्डु- काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement