आईसीसी लिग टु : नेपाल यूएईसँग ६८ रनले पराजित


काठमाण्डु- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ ।

बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो । यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो ।

नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले । अन्यले रन बनाउन सकेनन् । यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियाे ।

दुबईका लागि ओपनर आसिफ खानले अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ७२ रनको योगदान गरे । अर्का ओपनर मोहम्मद वसीम भने डक आउट भए । रोहन मुस्तफाले ५१ रन जोडे ।

वृत्य अरविन्दले १८ रन, कप्तान सीपी रिजवानले २२ रन, अलिशान शराफुले २ रन र आर्यन लाक्राले २८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement