युएईलाई नेपालको मध्यम लक्ष्य


काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाउँदै २४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकिय पारी खेले । आरिस शेखले ४३ रन जोड्दा भीम सार्मीले २७ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement