रेलिगेशन क्षेत्रको शेर्पासँग हार्‍याे शीर्ष स्थानको जावलाखेल, थ्री स्टार र मछिन्द्रले अंक बाँडे


काठमाण्डु- शीर्ष स्थानको जावलाखेल युथ क्लब जारी सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेशन क्षेत्रमा रहेको हिमालयन शेर्पा क्लबसँग २–१ गोलको नतिजामा पराजित भएको छ ।

त्रिपुरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पाको जितमा म्यानुयल आग्योमाङ र पिस्टोन मुतम्बाले गोल गरे । जावलाखेलका एन्कोटो मासोबीले एक गोल फर्काए ।

जितसँगै १३अंक जोडेको शेर्पा तालिकाको १२औं स्थानमा उक्लिएको छ । जावलाखेल थ्रि स्टारसँग १ अंकको अग्रता राख्दै शीर्ष स्थानमा यथावत छ ।

दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा थ्रि स्टार क्लब र मछिन्द्र फुछबल क्लबले गोलरहित बारबरी खेल्दै अंक बाँडेका छन् । बराबरी खेलेको थ्रि स्टार २२अंक जोड्दै दोस्रो स्थानमा र मछिन्द्र १६ अंक जोडेर सातौं स्थानमा यथावत छन् ।

यस्तै, च्यासल रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबले संकटा क्ल्बविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको छ । सातदोबाटोको जितमा दीपक राजसिंह ठकुरीले दूइ र विलियम असिडुले दुई गोल गरे । जितसँगै सातदोबाटो २१अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । भने, पराजित संकटा १५अंकसहित नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement