‘ए’ डिजिभन लिग : मछिन्द्र विजयी


काठमाण्डु- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक–एक गोल गरे ।

यता सङ्कटाका लागि भने जुनियर एनकेनगुएले एक गोल फर्काए । खेलको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ६९औँ मिनेटमा मच्छिन्द्रका अर्का खेलाडी ओलावाले गोल गर्दा आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

यसैगरी खेलको ७८औँ मिनेटमा सङ्कटाका खेलाडी जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८९औँ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए । यस जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्क जोड्दै अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान १४ खेल नै खेलेको सङ्कटाले १६ अङ्क जोड्दै अङ्कतालिकाको ११औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement