नेपाल-चीन मित्रतालाई उत्सवको रूपमा मनाउन ‘बेल्ट एण्ड रोड च्याम्पियनसिप’


काठमाडौं– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी वैशाख २८ गते ‘एम के डब्लु बेल्ट एण्ड रोड च्याम्पियनसिप’ हुने भएको छ।

नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष सुनिता थापाले जानकारी दिइन्। ‘वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित विकास परियोजना हो। जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्गसँग जोडिने छन् । ‘यो योजनाले समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान दिने देखिएकाले नै हामीले यो अभियानकै नाममा प्रतियोगिता आयोजना गर्न लागेका हौं । नेपालले पनि विआरआइको माध्यमबाट नेपाल चीनको सम्बन्धलाई अझ घनिष्ट बनाउने विश्वास लिएको छ,’ विज्ञप्तिमार्फत् उनले भनेकी छन्।

त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहेको छ। नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ ।

चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहने जनाइएको छ।

आयोजकका अनुसार प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने उनले जनाइन्। प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement