तीन महिनामा ढल्यो गण्डकी सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत


काठमाण्डु- संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन् ।

शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जनाले मतदान गरे । विपक्षमा ३४ मतदान गरेका छन् ।

नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement