मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?


काठमाण्ड-  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधवार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

बालुवाटारमा उनीहरुबीच गण्डकीको सत्ताको निकासबारे छलफल भएको छ । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।

सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।

आफूविरुद्धको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्नुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । विश्वासको मत लिने तयारी रहेका अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । मंगलवार गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement