गण्डकी प्रदेशसभाको बैठक आह्वान


काठमाण्डु- गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले उकत जानकारी विज्ञप्तिमार्फत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement