गण्डकीमा राप्रपा तटस्थ बस्ने, मुख्यमन्त्री अधिकारीलाई बहुमत पुर्‍याउन सकस


काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको हो । राप्रपा सचेतक विन्दु पहाडीले विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने बताइन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । तर, अधिकारीको पक्षमा ३० सिट मात्र पुग्छ । जसअनुसार अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एक जनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement