गण्डकी प्रदेश सरकारले बाँदर धपाउन कृषि हेरालु राख्ने

गण्डकी प्रदेश सरकारले बाँदर धपाउन कृषि हेरालु राख्ने


पोखरा – गण्डकी प्रदेश सरकारले बाँदर धपाउन कृषि हेरालो राख्ने भएको छ ।

किसानहरूले बाँदरका कारण खेती थन्क्याउन नपाउने अवस्था भएपछि सरकारले आगामी आर्थिक वर्षदेखि कृषि हेरालुको व्यवस्था गर्न लागेको छ ।

सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालुको व्यवस्था गरिनेछ ।’

प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आगामी वर्ष ‘ग्राभिटी रोपवे’ सेवा सञ्चालन गर्ने जानकारी दिए । यातायातको सुविधा नपुगेका ग्रामीण क्षेत्रमा कृषि उपज तथा कृषि सामग्रीको ओसार पसार गर्नका लागि सम्भावनायुक्त ठाउँमा यो सेवा सुरु गर्न लागेको छ । बीमा प्रिमियममा सहुलियत र कृषि कर्जामा व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।