गण्डकीका मुख्यमन्त्री पाण्डे कांग्रेस उपसभापतिमा उठ्ने

गण्डकीका मुख्यमन्त्री पाण्डे कांग्रेस उपसभापतिमा उठ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता उठिरहेको बताउँदै उनले पार्टीका सबै तह र पुस्ताका नेता तथा कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने आफ्नो प्राथमिकता रहेको बताए ।

कांग्रेसको तीन पटक केन्द्रीय सदस्य भइसकेका पाण्डेले ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवसँगै युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताए ।