कांग्रेस गण्डकी प्रदेशमा पौडेल समूह बिजयी, देउवा समृहका मेखलाल उपसभापतिमा निर्वाचित


काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा संस्थापन इतर पक्षले जित हात पारेको छ ।पदाधिकारीमा एक पद बाहेक सबै पदमा रामचन्द्र पौडेल पक्षका उम्मेद्वारहरु विजयी भएका छन् ।

आज बिहान सार्वजनिक भएको मत परिणाम अनुसार सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा बिजयी भएका हुन् । उनले शेरबहादुर देउवा पक्षका उम्मेदवार पर्वतका अर्जुनप्रसाद जोशीलाई ४ मतले पराजित गरेका छन् । कुल ११ सय ६५ जना मतदाता रहेको गण्डकीमा ११ सय ४६ अर्थात् ९ दशमलव ३६ प्रतिशत मत खसेको थियो। त्यो मध्य छ सय १२ मत शर्माको पक्षमा र पाँच सय २८ मत जोशीको पक्षमा खसेका छन् ।

दुई जना उपसभापति पदमध्ये एउटामा देउवा समूहका मेखलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले पाँच सय ५६ मत पाएका छन् भने दोस्रो उपसभापतिको अर्को पदमा पौडेल पक्षकी कल्पना तिवारीले छ सय २४ मत पाउँदै विजयी भएकी छन । उपसभापतिमा देउवा समूहबाट श्रेष्ठ र नेत्रबहादुर महत तथा पौडेल समूहबाट कल्पना र हरिप्रसाद श्रेष्ठ उम्मेदवार रहेका थिए ।

जसमा महतलाई चार सय ५७ तथा श्रेष्ठलाई पाँच ४८ मत आएको थियो। यस्तै दुई जना महामन्त्री पदमा पनि पौडेल पक्षका किरण बाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी भएका छन् । श्रेष्ठले पाँच सय ७३ मत पाएका छन् भने लामिछानेले पाँच सय ६४ मत पाएका छन्। पराजित भएका देउवा पक्षीय उम्मेदवार ईश्वर पाण्डेको पक्षमा चार सय ७३ र लामिछानेको पक्षमा पाँच सय ६४ मत परेका छन् ।

एक जना महिला महामन्त्री पदमा पराजित बनेकी संस्थापन पक्षकी ओमकला गौतमले पाँच सय १४ मत पाएकी छन् । विजयी बनेकी इतर पक्षकी कोपिला रानाभाटको पक्षमा पाँच सय ९२ मत पाइन् । खुल्लातर्फको सह महामन्त्री पदमा दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेकोमा पौडेल पक्षकै नेता रमेश कुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

पाण्डले छ सय पाँच मत प्राप्त गर्दा जोशीले पाँच सय ७० मत पाएका छन् । देउवा समूहका उम्मेदवार राजनराज पन्तले चार सय ३१ र झुलबहादुर आलेले चार सय ८८ मत पाएका छन् । दुवै समूहको प्यानल भन्दा बाहिरबाट उम्मेदवारी दिएका युवराज बस्ताकोटीले ९२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement