गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अत्यधिक वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अत्यधिक वर्षाको सम्भावना


काठमाण्डु-गण्डकी र लुम्बिनी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रहेर कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्ययम तथा गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गए राति सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्याधिक पानी परेको छ । अत्यधिक वर्षाका कारण मेलम्ची र इन्द्रावती लगायतका अन्य सहायक खोलामा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।