गण्डकी प्रदेशमा एकै दिन १६ जना काेराेना संक्रमित भेटिए


काठमाडाैं- गण्डकी प्रदेशमा एकै दिन १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिका ठेगाना भइ कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २४ र २८ वर्ष उमेरका २ जना पुरुषमा समेत गरि पर्वतमा जम्मा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १८ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement