गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा


काठमाण्डु –गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेकोबैठकले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो।