काठमाण्डु- गण्डकी प्रदेशमा नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिशमा ती मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
जसमध्ये कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।
यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू—संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।
योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए ।
प्रतिक्रिया