गण्डकीमा सार्वजनिक यातायात ठप्प

गण्डकीमा सार्वजनिक यातायात ठप्प

गाडी थन्काएर व्यवसायीहरू आन्दोलनमा


काठमाण्डु-राइड सेयरिङको विरोध गर्दै गण्डकीका यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् ।

३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै उनीहरू शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए । उनका अनुसार माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको अडान छ ।

सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने छ । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्ेको छैन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारले कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो । तर बैठकमा एजेन्डा प्रवेश भइन ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कायालय कास्की यातायात व्यवासायीका मागलाई बेवास्ता गरेपछि आफूहरु आन्दोलनमा होमिन बाध्य भएको सार्वजनिक यातायात केन्दीय महासंघ रनेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले जनाएको छ ।

महासंघले सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा सरिक हुन सबै व्यवसाय तथा मजदुरलाई अपिल गरेको छ ।

यो आन्दोलनमा यातायातसँग सम्बन्धित विभिन्न संघसंस्था र मजदुर संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।

यता, यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव केसीले प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानून बनाएर व्यवसायीलाई पीडित बनाउन लागेको बताए ।

सार्वजनिक यातायातका सवारीसरह रातो प्लेटका सवारीले यात्रु ओसारपसार गर्ने नीति कार्यान्वयनमा ल्याउने कार्यलाई प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएपछि आन्दोलनमा उत्रिएको उनले स्पष्ट पारे । आफूहरुका माग पूरा गर्न सरकार र सम्बन्धित निकाय गम्भीर नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।