गणेश लामा र एसएसपी विश्व पोखरेलबिच के छ ‘कनेक्सन’?


काठमाडौं- काठमाडौंको गौशलाबाट १ थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका गणेश लामाले उक्त पेस्तोल आफ्नो नभएको बताएका छन् । उनले पेस्तोल र ६ राउण्ड गोली आफ्नो नभई आफूलाई आक्रमण गर्न आउनेको भएको बताउँदै मुचुल्कामा हस्ताक्षर गर्न मानेका छैनन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार उनले मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेको छन् ।

लामामाथि प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । प्रहरी वृतलाई अहिले मुद्दा चलाउने अधिकार छ ।

गणेश लामा गत मंसिर २१ गते भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ (ख) को उम्मेदवार बनेका थिए ।
उनको छवी गुण्डा नाइकेको रुपमा छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघि सफाई पाएका थिए । हिजोआज उनी आपराधिक क्रियाकलापमा सक्रिय देखिदैनन् ।

तर एकाएक उनी प्रहरीले प्रयोग गर्ने पेस्तोल र गोलीसहित समातिनुको अवस्था भने सामान्य मान्न सकिँदैन ।
पक्राउ परेका लामाकोे साथमा प्रहरीले प्रयोग गर्ने पेस्तोल कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान होला । तर प्रहरीको मिलोमतो नभई लामासँग प्रहरीले प्रयोग गर्ने पेस्तोल र गोली कहाँबाट आयो?

पुशपति भिजन होटलमा गोली चलेको आवाज सुनेर प्रहरी पुग्दा त्यहाँ प्रहरीले गणेश लामालाई जिमखानाबाट फर्कँदै गरेको देखे र उनैले गोली चलाएको अनुमानमा लामालाई पक्राउ गरे ।

उनी पक्राउ पर्नुमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरलेललाई बढी फाइदा पुग्ने देखिन्छ । नवराज सिलवालको कार्यसम्पादन मुल्याङ्कन किर्ते प्रकरणमा विश्वराज कर्मचारी प्रशासन शाखामा एसपी थिए ।

नवराज सिलवालको कार्यसम्पादन मुल्याङकनमा किर्ते प्रकरणमा उनी पनि मुछिएका थिए । त्यसपछि विश्वराजलाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) मा तानियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखका हिसावले उनले शान्ति सुरक्षामा केही उल्लेखनीय काम गरेको देखिएको छैन । अब उनले केही राम्रो काम गरेर नदेखाए सरुवा हुन सक्ने कारणले अहिले प्रचारको लागि गणेश लामा समातिएको उच्च स्रोतले जनाएको छ ।

गणेश लामाले हिजोआज आफ्नो छवि सुर्धादै आएका छन् । प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट काभ्रेको उम्मेदवार बनेपछि उनको आलोचना र चर्चा दुवै भएको थियो । उनी निर्वाचनमा हारेपनि उनको गतिविधि सामान्य नै देखिएको थियो । एकाएक गणेश लामा पेस्तोल सहित पक्राउ पर्दा प्रहरीको नियतमाथि नै प्रश्न खडा भएको छ । यसमा एसएसपी विश्वराज पोखरलेकै स्वार्थ बलियो भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement