३ दशक सत्ता चलाउनेले सय दिनको परिणाम मागेको भन्दै सांसद पराजुलीले भने- ३० वर्षको हिसाब खोई ?

३ दशक सत्ता चलाउनेले सय दिनको परिणाम मागेको भन्दै सांसद पराजुलीले भने- ३० वर्षको हिसाब खोई ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले ३० वर्ष सत्ता सञ्चालन गर्नेहरूले सरकारसँग १०० दिनको हिसाव मागेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै पराजुलीले प्रश्न सय दिनको नभएर, राजनीतिक संस्कारको भएको बताएका हुन् ।

पराजुलीले दशकौँसम्म राज्यका संरचनाहरूलाई दलीय प्रभावमा राख्ने, नियुक्ति र अवसरलाई भागबण्डाको माध्यम बनाउने, भ्रष्टाचारका प्रकरणलाई दबाउने र जनविश्वास कमजोर बनाउने राजनीतिक अभ्यास कसले संस्थागत गर्‍यो भन्ने कुराको जवाफ जनताले अभिमत मार्फत दिइसकेको उल्लेख गरेका छन्।

उनले सय दिनमा दशकौँका सबै समस्या समाधान नहुने तर स्पष्ट रूपमा सरकारले सुधारको जग बसाएको उल्लेख गरेका छन् ।उनले लेखेका छन् ‘१०० दिनमा दशकौँका सबै समस्या समाधान हुँदैनन् तर स्पष्ट रूपमा सरकारले सुधारको जग बसाएको छ। कानुन सबैका लागि समान हुन्छ कि हुँदैन भन्ने सन्देश देखाएको छ। भ्रष्टाचारलाई संरक्षण गर्ने कि अनुसन्धानको दायरामा ल्याएर जरैदेखि निमिट्यान्न पार्ने राजनीतिक इच्छाशक्ति प्रष्टसँग प्रस्तुत गरेको छ।’

सय दिनको आलोचना केवल सरकारमाथिको प्रश्न मात्र नभएर वर्षौँदेखि बनाइएको दण्डहीनताको संरचना जोगाउने राजनीतिक असहजताको अभिव्यक्ति मात्र भएको बताउदै उनले लेखेका छन् ।

‘आज जब कानुनको दायरा प्रभावशाली व्यक्तिसम्म पुग्न थालेको छ, अनुसन्धानले राजनीतिक पहुँचको घेरा तोड्न थालेको छ र सुशासनलाई व्यवहारमा उतार्ने प्रयास भइरहेको छ, त्यही समूह सबैभन्दा अधैर्य देखिएको छ।’ उनले भनेका छन् ‘१०० दिनको आलोचना केवल सरकारमाथिको प्रश्न होइनस यो वर्षौँदेखि बनाइएको दण्डहीनताको संरचना जोगाउने राजनीतिक असहजताको अभिव्यक्ति मात्र हो। सरकारसँग परिणाम अवश्य माग्नुपर्छ तर परिणाम माग्ने नैतिक अधिकार त्यतिबेला बलियो हुन्छ, जब आफ्नै तीन दशकको राजनीतिक हिसाब पनि दिन तयार भइन्छ।’

पराजुलीले तीन दशकको असफलताको जिम्मेवारीबाट भागेर १०० दिनलाई राजनीतिक हतियार बनाउने प्रयासले इतिहास नबदलिँने बताएका छन् ।