राष्ट्रियसभा अध्यक्षमा तिमल्सिना निर्विरोध निर्वाचित


कठमाडौँ – राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद तिमल्सिनाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रियसभा अध्यक्षमामा उनको मात्र उम्मेदवारी परेकपछि निर्विरोध निर्वाचित भएका हुन् ।

तर, निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् । राष्ट्रिय सभा अध्यक्षका लागि परशु मेघी गुरुङको नाम पनि चर्चामा थियो । माओवादीसँगको भागवण्डामा राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement