गोङ्गबु हत्या काण्डकी कल्पनालाई आजीवन कारावासको फैसला, छोरीले पाइन् सफाई


काठमाण्डु – गोङ्गबु हत्या काण्डकी कल्पना मुडभरी पौडेललाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाण्डुका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले फागुन १३ गते गोङ्गबु हत्या काण्डकी मुख्य अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो ।

कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् ।

सो घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको अदालतका श्रेष्तेदार भीम बहादुर निरौलाले जानकारी दिए । साथै अदालतले मृतक बोहराको परिवारलाई राज्य कोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।

कृष्ण बोहरा र कल्पनाबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement