गरिमा विकास बैंककाे पोखरामा हेम्जा शाखा कार्यालय उद्घाटन


काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले पोखरामा हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बुधबार पोखरा महानगरपालिका वार्ड नं. २५मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न भएको हो ।

उक्तशाखाकार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाअध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन्।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बलबन्नको लागिउत्कृष्ट सेवाप्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदाविकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्वदिईरहेको बताए ।

त्यसैगरी विकास बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमासदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिना,विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष रमा त्रिपाठी लगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको सञ्चालन हेम्जाशाखाकाशाखाप्रबन्धकश्री शंकरराज सापकोटाले गरेका थिए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ७६शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५स्थानमा शाखा कार्यालय स्थापनागर्दैछ । विकास बैंकले २०७६ जेष्ठ २८गतेसम्ममा ३० अर्ब ५५ करोड निक्षेप संकलन गरी२७ अर्ब ४० करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement