गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता


काठमाण्डु – गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता भएको छ ।

गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहक मैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो ।

सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग कर्ताहरुले आफ्नो भिजा कार्डमोको डिजिटल वालेटमा लिंकगराईविभिन्न सेवाहरु जस्तैःमोबाईल टपअप, ईन्टरनेट-बिधुत-खानेपानीको बिलभुक्तानी, हवाई जहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दाबढीमर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलैबिलभुक्तानीगर्न सकिनेछ । हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement