अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु


एजेन्सी – भारतमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ ।

भारतस्थित बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४–४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement