मध्य जेठदेखि नै चर्को गर्मी बढेको छ । अहिले भीषण गर्मीले पूर्वी र पश्चिमी तराईमा तामक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । तराईका जिल्लाहरूमा अहिले लू पनि चलेको छ ।
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा पनि गर्मी बढिरहेको छ । यद्यपी मनसुनी वर्षाले गर्मीबाट केही राहत दिएपनि चर्को घाम र तातो हावाले जनजीवन प्रभावित बनेको छ ।
गर्मी बढेपछि तिर्खा लाग्नु स्वभाविक हो । तिर्खा लागेपछि हामी पानी पिउँछौं । शीतल पानीले शरीरलाई पनि शीतलता दिन्छ । गर्मी बढेपछि शरीरमा पानीको मात्रा कम हुन्छ । यसले घाँटी सुक्नु, टाउको घुम्नु जस्ता लक्षण देखिन सक्छन् । आँखा रातो हुन सक्छ वा पिसाब पहेँलो देखिन सक्छ । यदि तपाईं यस्ता समस्या भोगिरहनुभएको छ भने यो तपाईंको स्वास्थ्यका लागि खतरा संकेत हुन सक्छ ।
शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ । यस्तो अवस्था निर्जलीकरणको रूपमा चिनिन्छ ।
गर्मीमा लगातार पसिनाले शरीरमा मात्र पानी होइन, नुन (सोडियम) समेत घट्छ ।
गर्मीमा लगातार पसिनाले शरीरमा मात्र पानी होइन, नुन (सोडियम) समेत घट्छ । गर्मीको समयमा एसीमा बस्दा पसिना आउँदैन, तर एसीमा धेरै समय बस्दा तिर्खा कम लाग्ने हुन्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार यसले शरीरमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ ।
यदि यस्तो बढ्दो तापक्रममा शरीरको राम्रो हेरचाह गरिएन भने गम्भीर असर पर्न सक्छ । त्यसैले विशेषज्ञहरूले आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन् ।
डिहाइड्रेशन (निर्जलीकरण)का लक्षणहरू
धेरै तिर्खा लाग्नु
पिसाब गाढा पहेँलो र गन्धयुक्त हुनु
सामान्यभन्दा कम पिसाब आउनु
टाउको घुम्नु
थकान महसुस हुनु
मुख, ओठ, जिब्रो सुक्खा हुनु
आँखा भित्र परेको देखिनु
यदि तपाईं यस्ता लक्षण महसुस गर्नुहुन्छ भने, शरीरमा पानी र नुनको कमी भएको हुनसक्छ । तुरुन्तै पानी र इलेक्ट्रोलाइट्सको पूर्ति गर्नु र चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
धेरै मानिस सोच्छन्–शरीरमा पानीको कमी कसरी थाहा पाउने ? यसको पहिलो संकेत पिसाबको रंग हो । यदि पिसाब पहेँलो या रातो हुन थाल्यो भने शरीरमा पानीको मात्रा घटेको संकेत हो ।
घाममा निक बेरसम्म काम गर्दा केवल पानी होइन, सोडियम, पोटैशियम, क्लोराइड, बाइकार्बोनेट जस्ता इलेक्ट्रोलाइट्स पनि गुम्छन् । यदि यस्तो अवस्था लामो समयसम्म रह्यो भने म्याग्नेसियम र क्याल्सियम पनि कमी हुन सक्छ ।
एक वयस्कको शरीरमा ६०–७० प्रतिशत पानी हुन्छ । पानीको मात्रा धेरै घट्दा पाचन प्रणालीमा असर पर्छ, खाना पच्दैन, झट्का आउन सक्छ र सास फेर्न गाह्रो हुन सक्छ । यदि यो अवस्था लामो समयसम्म रह्यो भने मस्तिष्क र सासप्रश्वास प्रणाली प्रभावित हुनसक्छ र मानिसको मृत्यु पनि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार डिहाइड्रेशन केवल पानी नपिएर मात्र होइन, पखालाबाट पनि हुन सक्छ । पखालाका बेला शरीरबाट पानी र नुन सँगै निस्कन्छ ।
यदि तपाईं गर्मीमा डिहाइड्रेशनबाट बच्न चाहनुहुन्छ भने केवल पानी पिएर नहुने र अरू तरल पदार्थहरू पनि पिउनुपर्ने स्वास्थ्यविद्हरूको सुझाव छ ।
साथै, वाकवाकी, पसिना, पिसाब र सासफेर्ने क्रममा पनि इलेक्ट्रोलाइट्स कम हुन्छन् । त्यस अवस्थामा व्यक्तिलाई सुस्तता, बेहोसी, आँखा भित्र पर्नु, पानी पिउन मन नलाग्ने अवस्था आउन सक्छ । यस्तो अवस्था गम्भीर डिहाइड्रेशन मानिन्छ ।
चिकित्सकहरूले ओआरएस पिउन सल्लाह दिन्छन्, जसमा सोडियम क्लोराइड, पोटासियम क्लोराइड, सोडियम साइट्रेट र ग्लुकोज हुन्छ ।
गर्मीको समयमा बाहिरको चिल्लो खाना खानेबाट जोगिनु पर्छ । खाना खाएर मात्र घरबाट निस्कनु ठिक हुन्छ । यस्तो मौसममा पाइने फलहरू जस्तै सुन्तला, मौसमी, अंगुर, आँप, अनार, तरबूज, खरबूजा आदि खानुपर्छ ।
यदि तपाईं गर्मीमा डिहाइड्रेशनबाट बच्न चाहनुहुन्छ भने केवल पानी पिएर नहुने र अरू तरल पदार्थहरू पनि पिउनुपर्ने स्वास्थ्यविद्हरूको सुझाव छ ।
गर्मीमा प्रशस्त पानी पिउनु जरुरी छ तर पानीले मात्र तिर्खा मेटिँदैन । त्यसका लागि सरबत, फलको जुस, मही, जस्ता पेय पदार्थ पनि पिउनुपर्छ ।
गर्मीमा शरीरमा पर्याप्त पानीको मात्रा कायम राख्न जरुरी छ । हाम्रो शरीरको ७० प्रतिशत भाग पानी हुन्छ । तर, धेरै पानी एकैपटक नपिउन चिकित्सकहरूको सल्लाह छ ।
विशेषज्ञहरूका अनुसार, एकैचोटि धेरै पानी पिउनु उपयुक्त छैन । तिर्खा लाग्दा बिस्तारै पानी पिउनुपर्छ । एकैपटक दुई वा तीन गिलास पानी पिउनु पनि हानिकारक हुनसक्छ । यसले पेटमा तनाव सिर्जना गरेर भोक मर्दछ ।
यसका साथै गर्मीका खानपिनमा पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया