सगरमाथा आरोहणपछि फर्कने क्रममा दुई भारतीय आरोहीको निधन

सगरमाथा आरोहणपछि फर्कने क्रममा दुई भारतीय आरोहीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको निधन भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिकहरू अरुणकुमार तिवारी र सन्दीप आरे छन् । तिवारीको जेठ ७ गते प्रसिद्ध हिलारी स्टेप नजिकै र आरेको तल ओराल्ने क्रममा क्याम्प–२ मा निधन भएको हो ।

पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीले दुई भारतीय आरोहीको मृत्यु भएको जानकारी दिए । दुई भारतीय आरोहीको निधनसँगै सन् २०२६ को यस वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा, लोत्से र मकालुसहितका हिमालहरूमा ज्यान गुमाउने आरोही तथा गाइडहरूको कुल संख्या सात पुगेको छ ।

यसअघि सगरमाथा क्षेत्रमा दुई नेपाली गाइड र एक उच्च हिमाली कामदार तथा मकालु हिमालमा एक अमेरिकी र एक चेक गणतन्त्रका आरोहीको मृत्यु भएको थियो ।