चितवनमा अप्ठ्यारोमा परेकाको घरमै ग्यास सिलिन्डर पुर्‍याइने

चितवनमा अप्ठ्यारोमा परेकाको घरमै ग्यास सिलिन्डर पुर्‍याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा घरमै पुर्‍याइदिन समन्वय गरेको छ ।

एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सबडिलरमार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्‍याउने व्यवस्था मिलाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि घरमै ग्यास पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले अशक्त र अपाङ्गता भएकाले ग्यास नपाएको खबर पाए घरमा नै ग्यास पठाउने व्यवस्था गरिएको जानकारी दिए । व्यक्ति विशेषले समेत ग्यास नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ ।