सिलिण्डर ग्यास पड्किँदा १२ जनाको मृत्यु


एजेन्सी – भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सोमवार विस्फोटनका कारण दुईतले घरसमेत भत्किएको छ । घाइतेको उद्धारकार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घरको भग्नावशेषमा अरू मानिस पुरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

ठूलो विस्फोटनको आवाज सुनिएको र त्यसपछि उक्त घरमा आगो लागेको आफूले देखेको छिमेकीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement