भान्सामा ग्यासभन्दा बिजुली सस्तो 

भान्सामा ग्यासभन्दा बिजुली सस्तो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिजुलीको प्रयोग गरी खाना बनाउँदा ग्यासको भन्दा सस्तो पर्ने अनुसन्धानले देखाएको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट यो कुराको पुष्टि भएको हो।

यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने–एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो। त्यसैले एपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रुपमा फाईदा हुनेछ। केन्द्रले अनुसन्धान गर्दा नमुनाका रुपमा आधा केजी चामल लिएको थियो त्यसमा आधा लिटर पानी प्रोग गरिएको थियो।

चामल र पानीको तौल २.७९ केजी थियो। विद्यूतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टील) को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा एउटै प्रेसर कुकर प्रयोग गरिएको थियो। कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धानतअनुरुप भात पकाईएको थियो। ग्यास चुलोमा पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा सात मिनेट ४९ मिनेटमा खाना पाकेको थियो।

ग्यासमा पकाउँदा दुई रुपैयाँ ४६ पैसा र बिजुलीमा पकाउँदा एक रुपैयाँ ४२ पैसा बराबरको खर्च निस्किएको केन्द्रले निचोड निकालेको छ। अहिले नेपालमा दैनिक करिब ७२ हजार सिलिण्डर एलपी ग्यास खपत हुँदै आएको छ। बर्सेनी नेपालले ४२ अर्ब रुपैयाँभन्दा बढीको एलपी ग्यास खरिद गर्दै आएको छ  । याे खबर गोरखापत्र दैनिकमा छ।