ग्यास चुहिएर आगलागी हुँदा दाजु र बहिनीको मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा दाजु र बहिनीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कपिलवस्तुको सुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास सिलिन्डरबाट खाना पकाउने क्रममा आगलागी हुँदा दाजु र बहिनीको मृत्यु भएको छ।

घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए।

घरनजिकै गोठमा आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको थियो।

सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतक सोनम राष्ट्रिय उच्च मावि मुरफुटवा कक्षा १० मा अध्ययनरत थिइन्। उनको मृत्युपछि विद्यालयले सोमबार शोक बिदा गरेको छ । दुवैको शव भीम अस्पताल भैरहवामा राखिएको छ।