ग्यास सिलिन्डर बोकेर पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन


काठमाण्डु – पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै काठमाण्डु प्रदर्शन गरिएको छ । काठमाण्डुमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement