ग्यास उद्योगीको आन्दोलन स्थगित, सरकारसँग सहमति


काठमाडौं ग्यास उद्योगी र नेपाल आयल निगमबीच ३ बुँदे सहमति भएको छ। ग्यास बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलनरत उद्योगी र निगमबीच मंगलबार तीन बुँदे समझदारी भएसँगै  आन्दोलन स्थगित भएको हो।

समझदारी पत्रमा उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने र व्यवसायीले गरेका आन्दोलनका कार्यक्रम स्थगित गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Advertisement