गौचन हत्या प्रकरणः सुटरले प्रयोग गरेको पेस्तोल कपनमा फेला पर्यो


काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ ।

 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउन्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो।

 

 

 

पक्राउ परेका दुवैजना गौचनको गतिविधि निगरानीमा खटिएका र हत्यापछि हतियार लुकाएर राख्न संलग्न रहेको सूचना आएपछि पक्राउ गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्युरोका डिआइजी पुष्कर कार्कीले जानकारी दिए । आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement