गौचन हत्यामा संलग्न सुटरसहित पाँच जना सार्वजनिक, मुख्य अभियुक्त अझै फरार


काठमाडौं–प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

 

प्रहरीले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी गौचन हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका १ का शिवजी महतो, भारत विहार बेतिया चौबेटोलाका मुकेशकुमार पाण्डे, पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र काठमाडौंको नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको हो।

 

 

राजीव सुटर रहेको प्रहरीले बताएको छ।

 

 

 

 

 

 

 

 

सुटरसहित पाँच जना पक्राउ परेपनि मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको जनाएको छ।

 

 

प्रहरीका अनुसार सरिमान र मनोजसहित लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन्।

 

 

 

 

पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौंबाट६० दिनको म्याद थप गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जनायो।

 

 

 

 

गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए।

 

 

हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement