गाउँपालिका अध्यक्षले फिर्ता गरे प्रमुख प्रशासकीय अधिकृत


सुर्खेत – अदानचुली गाउँपालिका हुम्लाका अध्यक्ष मोहनविक्रम सिंहले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत नन्दराज गिरीलाई गाउँपालिकासँग समन्वय नगरी आएको आरोप लगाउदै हाजिर हुन नदिई फिर्ता पठाएका छन् ।

अध्यक्ष मोशनविक्रमे भनेका छन् , मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत पठाएको रहेछ मैले फिर्ता पठाउन पत्राचार गर्दै हाजिरी हुन नदिएको हुन ।

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो । सरुवा भई आएका गिरीले हाजिर गर्न पाएका छैनन् । गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने व्यहोराको पत्राचार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement