गाउँपालिका अध्यक्ष चढ्ने गाडी मुनि प्रेसर कुकर बम


पर्वत –पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको गाडी मुनि प्रेसर कुकर वम फेला परेको छ ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो । कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको सोमबार राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजनी भएको छ ।

नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । झण्डै १ करोड मूल्य बराबरको डोजरमा नचिनेको मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफूलाई कसैले पनि घटनाबारे जानकारी नगराएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement