गौरापर्वको अवसरमा बेलडांडीमा फुटबल महोत्सव


विमल धामी
कञ्चनपुर – जिल्लाको दक्षिणी क्षेत्र बेलडांडी गाउँपालिकामा रहेको अलस्टार युवा क्लवद्धारा सुदूर पश्चिमेलीहरुको महान पर्व गौराको अवसर पारेर शुक्रवार खुल्ला फुटवल प्रतियोगिता उदघाटन भएको छ ।

बेलडांडी गाउँपालिकाका अध्यक्ष धन ब. थापाले खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन गर्दै बेलडांडीले पनि अन्तराष्ट्रिय खेलाडी जन्नमाउनु पर्नेमा गाउँपालिकाबाट युवाहरुलाई सहयोग गर्ने समेत बताए ।

उनले भने बेलडांडीले दक्ष खेलाडी उत्पादन गर्नमा आफ्नो सहयोग हरदम रहने बताए । अल स्टार युवा क्लबका अध्यक्ष चेत बहादुर शाही ठकुरीले यस क्लबले बिगत बर्षहरुबाट नै यस गौरापर्वको अवसर पारेर आफुहरुले फुटवल आयोजना गर्ने गरेको बताए ।

उनका अनुसार आयोजनामा सहभागि हुन २३ वटा टिम पुगेको र नकाउट सिस्टमले खेल खेलाईने जानकारी गराए । यस आयोजनाको प्रथम पुरुस्कार पहिलो हुनेलाई ३- हजार नगद टफ्री र दोस्रो हुने टिमलाई १५ हजार नगद टफ्री दिईने खेल संयोजक कृष्ण ब. शाहीले जनकारी गराए ।

उद्घाटन खेल मल्टी स्टार युवा क्लव बेलडांडी र महाकाली युवा क्लब झिलमीलाबिच शुरु भएको छ । भोली देखि दैनिक ४ खेल खेलाईने आयोजनकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement