प्रधानसेनापतिले केसीलाई लगाइदिए उपरथीको फुली

प्रधानसेनापतिले केसीलाई लगाइदिए उपरथीको फुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए ।

पदोन्नतिसँगै उपरथी केसीलाई पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ ।