बाढी प्रभावितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

बाढी प्रभावितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसलबिन फरहानबिच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री यादवले बुधबार रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छन् ।

मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै सबैभन्दा ठूलो विपद् भएको उल्लेख गर्दै बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको जानकारी दिइन् । विपद्को कठिन घडीमा पीडितहरूको तत्काल उद्धार, राहत तथा पुनर्निर्मार्णका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै उनले साउदी अरबका परराष्ट्रमन्त्रीसमक्ष मानवीय सहयोगका लागि आग्रह गरिन् ।

भेटवार्तामा २ देशबिचको आपसी हित, द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको छ ।