ओलम्पियन गौरिका सिंहले जितिन् १२ स्वर्ण


काठमाडौं – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । उनले बुधबार चार स्वर्ण जितिन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।

गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् । आफ्नो प्रभावशाली प्रदर्शन जारी नै राखेकी छिन् । नेपालगन्जमा गौरिकाले पौडी इभेन्टमा चार राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेकी छिन् । पौडीमा व्यक्तिगत प्रदर्शन सुधार्नुका साथै कीर्तिमान रच्न गौरिका अन्य खेलाडीका तुलनामा अगाडि छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement