कार किनेपछि मख्ख गायक प्रकाश सपुत


काठमाण्डु – गायक प्रकाश सपुतले गाडी किनेका छन् । प्रकाशले झन्डै ५० लाखमा हुन्डाईको क्रेटा किनेका हुन् । उनले आफुले गाडी खरिद गरेकोबारे मंगलबार सामाजिक सञ्जालमाफत जानकारी दिएका हुन् ।

‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो । साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई हौसला हुनसक्छ । कलाकार मात्र भएर पनि कार चढ्न सकिन्छ है ।’

गाडी किन्ने दक्षता बनाउन सकेकौ भन्दै प्रकाशले खुसी व्यक्त गरेका छन् । प्रकाशका ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘दोहोरी ब्याटल’, ‘मेरो पनि होइन र यो देश?’ लगायत गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement