काठमाण्डु-इजरायली सेनाले उत्तरी गाजामा गरेको आक्रमणमा कम्तिमा ७३ जनाको मृत्यु भएको छ ।
उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली सेनाले शनिवार राति आक्रमण गरेको हो । आक्रमणमा १२३ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमा बालबालिका र महिलासहित ७३ जना रहेको हमास अधिकारीले पुष्टि गरेका छन् ।
आक्रमणका कारण बेत लाहिया क्षेत्रमा इन्टरनेट र बिजुली सेवा पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया