गाजाका अस्पतालमा बम हान्ने इजरायलको धम्की


काठमाण्डु – इजरायलले गाजामा निरन्तर बम हमला गरिरहेको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएलगत्तै निरन्तर बम हमला भएको हो । नेतान्याहुले शनिवार टेलिभिजन सम्बोधन गर्दै युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएका थिए ।

प्यालेस्टिनी रेड क्रेसन्टले त्यहाँको अल कुड्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भइरहेका बताएको छ। इजरायली सेनाले आइतवार अस्तपाल खाली गर्न निर्देशन दिएको थियो। तर अस्पतालका कर्मचारीहरूले त्यहाँबाट डाक्टर तथा उपचाररत बिरामीहरूलाई अन्यत्र लैजान सम्भव नभएको बताएका छन्।

त्यहाँ शिशुहरूसहित सयौँ बिरामीको उपचार भइरहेको छ र अस्पताल परिसरमा झन्डै १४ हजार गैरसैनिक नागरिकहरूले शरण लिइरहेको पनि बताइएको छ।

इजरायली सेनाले सिरिया र लेबननस्थित विभिन्न स्थानमा समेत आक्रमण गरिरहेकाे छ। इजरायल र हमासबीच युद्ध जारी रहेकै बेला इजरायलको उत्तरी क्षेत्रमा पनि हिजबुल्लाह र इजरायली सेनाबीच द्वन्द्व भइरहेका छन् ।

अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा गाजामा आठ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको र २३० जनालाई हमासले बन्धक बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement