जर्मनीको चार गोल


काठमाण्डु –  जर्मनीले फिफा विश्वकप तथा युरोपेली छनोटमा म्यासेडोनियाविरूद्ध सानदार जित दर्ता गरेको छ । साेमबार राति जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

जर्मनीको फराकिलो जितमा टिमो वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । खेलको ५०औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता लिएको हो । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८३औं मिनेटमा जमन मुसियालाले गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा आइसल्यान्डले लिचेस्टाइनलाई ४–० को भारी अन्तरले पराजित गरेको छ । यस्तै रोमानियाले अर्मेनियालाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement